२०८० असोज १२ गते | 29th of September 2023

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने एक जना पक्राउ

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने एक जना पक्राउ
Sanchar_np प्रकाशित: २०७८ असोज ५ गते ८:३५

धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन् ।

भारतीय तस्करको समूहका एक जना पक्राउ परेका हुन् ।

नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको स्थानीय प्रशासनले जनाएको छ ।

कुमारलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको जानकारी प्राप्त भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे बताएका छन् ।

गस्तीमा खटिएका बेला भारतीय तस्करको समूहले ढुङ्गामुढा गर्दा सशस्त्र प्रहरीका तीन जवान घाइते भएका थिए ।

घाइते बीओपी दोधाराचाँदनीमा कार्यरत सुदीप सुनारसहितका उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *