२०८० असोज १२ गते | 29th of September 2023

लागूऔषध ओसार पसार गर्ने ९ जना पक्राउ

लागूऔषध ओसार पसार गर्ने ९ जना पक्राउ
Sanchar_np प्रकाशित: २०७८ असोज ५ गते ९:१३

काठमाडौं । हस्तकलाका सामानभित्र लागूऔषध ओसार पसार गर्ने गिरोहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कपनस्थित हस्तकलाका सामान उद्योगबाट हस्तकलाका सामानभित्र लागूऔषध चरेस राखेर ओसार पसार गर्ने ९ जनालाई प्रहरीले ७ किलो ६२४ ग्राम चरेससहित पक्राउ गरेको हो ।

मंगलबार प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ ।

चकटीभित्र चरेस राखेर हस्तकलाको सामानको रुपमा विदेश पठाएको व्यूरोका अधिकारीहरुले बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *