काठमाडौं । पाकिस्तानको अदालतमा दुई समूहबीच गोली हानाहान हुँदा ९ जनाको ज्यान गएको छ ।
पाकिस्तानकको उत्तरपश्चिममा पर्ने दिर जिल्लाको एक आदिवासी अदालतमा दुई समूहले गोली चलाउँदा ९ जनाको मृत्यु भएको हो ।
२० जना घाइते भएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
सिन्ह्वाका अनुसार दुबै समूहका मानिसहरु आफ्नो जग्गामा सडक निर्माणको विवाद समाधान गर्न अदालतमा भेला भएका थिए ।
घटना लगत्तै प्रहरी घटनास्थल पुगेको जनाइएको छ । प्रहरीले दोषीहरुको पहिचान भैरहेको बताएको छ ।
घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको बताइएको छ । घाइते मध्ये धेरैको अवस्था गम्भीर रहेको उल्लेख गरिएको छ ।
प्रतिक्रिया