२०८० असोज ७ गते | 24th of September 2023

स्पेनको एक टापुमा ५० वर्षपछि ज्वालामुखी विस्फोट

स्पेनको एक टापुमा ५० वर्षपछि ज्वालामुखी विस्फोट
Sanchar_np प्रकाशित: २०७८ असोज ५ गते १२:३०

काठमाडौं । स्पेनको एक टापुमा ज्वालामुखी विस्फोट भएको छ ।

८५ हजार जनसंख्या रहेको स्पेनको ला पाल्मा टापुमा रहेको क्याम्ब्रे भिएजामा ज्वालामुखी विस्फोट भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ज्वालामूखी विष्फोटनपछि त्यहाँ ११ सय डिग्री सेल्सियस तापक्रमको उम्लिरहेको लाभा सयौं फिट माथिसम्म उडिरहेको देखिएको छ । आकाशमा धुवाँ र खरानी देखिएको छ ।

ज्वालामूखी विष्फोटनका कारण सय भन्दा बढी घरहरु भत्किएका छन् । त्यस्तै, ५ सय विदेशी पर्यटक सहित ५ हजार मानिसहरुलाई सुरक्षित स्थानहरुमा सारिएको छ ।

मानिसहरुलाई उद्धार गर्न सेना परिचालन गरिएको छ । लाभा आवासीय क्षेत्रहरु तर्फ पनि तीव्र गतिमा बढिरहेको स्पेनी सेनाले जनाएको छ ।

स्पेनको नेशनल जियोलोजी इन्स्टिच्युटका प्रमुख इताहिजा डोमिनगुएजका अनुसार यो विष्फोट करिब ५० बर्ष पछि भएको हो ।

ज्वालामुखी विष्फोट हुनु एक साताअघि टापुमा २२ हजार भन्दा बढी भूकम्पको धक्का महसुस भएको थियो । यसअघि सन १९७१ मा ज्वालामुखी विस्फोट भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *