२०८० मंसिर १८ गते | 4th of December 2023

चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिड खोप लगाइसक्छौंः मन्त्री कार्की

चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिड खोप लगाइसक्छौंः मन्त्री कार्की
Sanchar_np प्रकाशित: २०७८ असोज ५ गते १२:५५

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएका छन् ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले सरकारको लक्ष्य अनुसार चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएका हुन् ।

मन्त्री कार्कीले सरकारले जनताको जीवन रक्षा गर्ने कामलाई पहिलो कर्तव्य सम्झेर सबै नागरिकलाई कोभिडविरुद्धको खोप पु–याउने अभियानलाई प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको दाबी गरे ।

मन्त्री कार्कीले सरकार जनतालाई कोभिडबाट मुक्त गर्ने र मुलुकमा सुशासन कायम गर्दै दिगो शान्ति र दिगो आर्थिक विकासको कामलाई अगाडि बढाउने काममा अग्रसर भइरहेको बताए ।

मन्त्री कार्कीले वर्तमान सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पनि गम्भीरतापूर्वक काम गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *