२०८० असोज १३ गते | 30th of September 2023

दशैंका लागि गाडी र प्लेनको टिकट घरबाटै अनलाइन टिकट काट्न सकिने

दशैंका लागि गाडी र प्लेनको टिकट घरबाटै अनलाइन टिकट काट्न सकिने
Sanchar_np प्रकाशित: २०७८ असोज ५ गते १३:०३

जिबन रानाभाट, काठमाडौं । नेपालीहरूको मुख्य पर्व दशैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट देशका विभिन्न स्थानमा जानेहरूका लागि सरकारले अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको छ ।

आउदो असोज १० वा ११ गतेबाट टिकट वुकिङ खुल्ला गर्ने सरकारको तयारी छ ।

यसपटक विगत बर्षमा जस्तो काउन्टर मै टिकट वुकिङ गर्ने परम्परालाइ तोडदै घरमै बसी अनलाइन प्रविधिबाट टिकट वुक गर्ने व्यवस्था मिलाउन लागिएको छ ।

नेपालीहरूको मुख्य पर्व दशैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट आ–आफनो थातथलो जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने तयारी थालेको छ ।

त्यसका लागि केहि दिन भित्र यातायात ब्यबसायीहरुसंग छलफल गरेर अग्रिम टिकट बुकिङ खुला गर्ने सरकारको तयारी छ ।

कोरोनाका कारण टिकट काउन्टरमा भिड नहोस भन्ने उद्देश्यले यसबर्षदेखि घर मै बसी अनलाइन प्रविधिबाट टिकट खरिद गर्ने ब्यवस्था मिलाउन सरकारले लागेको छ ।

सरकारले विगत बर्षहरुमा दसैं सुरु हुनुभन्दा १५ देखि एक महिना अघि नै अग्रिम टिकट बुकिङ खोल्ने गरेको थियो ।

दसैंमा घर जानेहरूको भिडभाड हुने भएकाले सरकार र यातायात व्यवसायीहरूले यात्रुको सहजताको लागि यस्तो ब्यवस्था गर्दै आएका थिए तर यसपटक भने अझै मिति निर्धारण भएको छैन ।

यातायात व्यवसायीले भने सरकारले टिकट वुकिङ खोल्न रुची राखेको तर विग्रिएको सडक निर्माणमा ध्यान नदिएको दुखेसो गरेका छन ।

बर्षामा बाढी, पहिरोका कारण सडकहरु बिग्रे पनि यसको मर्मत सम्भार नहुदा यात्रा कष्टकर हुने र यातायातको साधन पनि छिटै विग्रने उनकोहरुको गुनासो छ ।

कोरोनाको महामारी सुरु हुनअघि दशैंमा करिब २० देखि २५ लाख यात्रुले उपत्यका छाड्ने गरेका छन ।

गत वर्ष सरकारले अग्रिम टिकट बुकिङ नखुलाउँदा उपत्यकाबाट बाहिरिने यात्रुले अनेकन सकस भोग्नु परेको थियो ।

दशैंमा सार्वजनिक सवारीमा हुने भिडभाडको मौका छोपी बढी भाडा असुल्ने समस्या यसपटक नहोस भनेर यात्रुहरु कामना गरिरहेका छन ।

यो वर्ष वैज्ञानिक भाडादर समायोजन भएकाले अग्रिम बुकिङका लागि व्यवसायीले कुनै थप शर्त नतेर्स्याउने अपेक्षा सरकारले गरेको छ ।

यसपटक यात्रुहरुको सुविधा, सुरक्षा र बस छुट्ने समयमा बढी प्राथमिकता सरकारले दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *