२०८० मंसिर १५ गते | 1st of December 2023

मन्त्रिपरिषद निर्णयः राजनीतिक नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने

मन्त्रिपरिषद निर्णयः राजनीतिक नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने
Sanchar_np प्रकाशित: २०७८ असोज ५ गते १३:१४

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

सरकारको यो निर्णयसँगै भारत, चीन, अमेरिका, बेलायत, जापानलगायतका देशमा रहेका राजदूत फिर्ता भएका छन् ।

हाल भारतमा निलाम्बर आचार्य, अमेरिकामा डा. युवराज खतिवडा, चीनमा महेन्द्रबहादुर पाण्डे, बेलायतमा लोकदर्शन रेग्मी र जापानमा प्रतिभा राणा राजदूत छन् ।
यी सबै राजदूत अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका हुन् ।

एक मन्त्रीका अनुसार परराष्ट्र मन्त्रालयका कर्मचारीबाहेक राजदूतलाई फिर्ता बोलाइएको हो ।

मन्त्रिपरिषद्ले कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *