कैलालीका पहिरो पीडितको विचल्ली

दिनेश बिष्ट, कैलाल । कैलालीको चुरे गाउँपालिकामा मापदण्ड बिपरीत सडकका कारण बर्षेनि पहिरो जाँदा दर्जनौ परिवारको बिचल्ली भएको छ ।
पहिरोको जोखिम भएपछि अहिले २४ परिवार सडकमा त्रिपाल टाँगेर बसेका छन ।
गतबर्षको बर्षातमा ३ सय परीवार बिस्थापित भएको चुरेमा बर्षेनि पहिरो जान थालेपछि स्थानीय समस्यामा परेका छन ।
मापदण्ड बिपरीत बर्षेनि सडक खन्न थालेपछि कैलालीको चुरे गाउँपालिकाका बिभिन्न वडामा पहिरोका कारण गाउनै बिस्थापीत हुन थालेका छन ।
चुरे गाउपालिकाको गोपाले, काफलगैरा, माल, निगंलाडी, पट्रेनि, गुणि लगाएतका गाउँमा पहिरोका कारण गाउ बिस्थापित हुन थालेका हुन ।
तिनै तहका सरकारको मापडण्ड नपुगाएरै गाउ गाउमा सडक पुगाउने होटबाजीले बहिरो जान थालेको हो ।
गाउँको दुबै तिरबाट पहिरो गएर बस्नै नसक्ने अबस्था आएकाले ठाउँ स्थानान्तरण हुनुपर्ने माग स्थानीयको छ ।
चुरेका बिभिन्न बस्तीमा पहिरो जानथालेपछि त्यँहाका स्थानिय घरबार बिहिन बन्दै गएका छन । गाउँमा बस्न सक्ने अबस्था नभएपछि उनिहरु सडकमै बसेका छन । पहिरो प्रभावित परिवारहरुलाई अहिले दैनिक छाक टार्न पनि समस्या भएको छ ।
गत बर्ष आएको पहिरोका कारण पट्रेनि, गुणिका ३ सय परीवार बिस्थापित भएका छन ।
यस्तै भदौ ९ र १० गते भारी वर्षाका कारण चुरे गाउँपालिका वडा नम्बर ५ का गोपाले, काफलगैरा, माल, निङ्गलाडी, काफलगैरा बस्ती प्रभावित भएको छ । घर, गोठ जमिन चर्किनुका साथै सो बस्ती पहिरोको उच्च जोखिममा रहेको वडा कार्यालयले जनाएको छ ।
नयाँ ठाउमा बस्ति बसाउनका लागि केन्द्र र प्रदेश सरकारसग पहल भईरहेको चुरे गाउपालिका वडा नम्बर ५ अध्यक्ष तथा प्रबक्ता नरबहादुर तामाङले बताए ।
पहिरोबाट प्रभावित घरपरिवारहरुले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन । सरकारले पहिरो पिडितकाम लागि सुरक्षित घरको व्यवस्था उनीहरुको माग छ ।
प्रतिक्रिया