छलफल नै नगरी मन्त्री नियुक्ति गरेको भन्दै रामचन्द्र पौडेल असन्तुष्ट

काठमाडौं । पार्टीभित्र छलफल नै नगरी मन्त्री नियुक्त गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग असन्तुष्टि जनाएका छन् ।
नेता रामचन्द्र पौडेलले पार्टीमा छलफलपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गर्नुपर्ने बताए ।
नेता पौडेलले मन्त्री नियुक्तिमा प्रधानमन्त्री देउवाले एकलौटी गर्न खोजेको भन्दै आफूपक्षीय नेताहरुको बैठक बोलाएका छन् ।
बैठक महामन्त्री डा। शशांक कोइराला निवास महाराजगञ्जमा बुधबार दिउँसो बस्ने छ ।
मंगलबार सत्तारुढ दलहरुको बैठकले देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेका छन् ।
तर कांग्रेस वरिष्ठ नेता पौडेलले भने मन्त्री नियुक्तिका विषयमा पार्टीभित्र छलफल हुनुपर्ने माग गरेका थिए ।
कांग्रेसबाट परराष्ट्रमन्त्री खड्कासहित चार जना मन्त्री नियुक्त भएका छन् ।
२५ सदस्यीय मन्त्रिमण्डलमा अझै १६ मन्त्रालय प्रधानमन्त्री मातहत छन् । प्रधानमन्त्री नियुक्त भएको ७० दिन पुग्दा पनि मन्त्रिमण्डलले पूर्णता नपाएको भन्दै देउवाको आलोचना हुँदै आएको छ ।
प्रतिक्रिया