वरिष्ठ अधिवक्ताहरुले बहिस्कार गरे सर्वोच्च बारको चियापान

काठमाडौं । वरिष्ठ अधिवक्ताहरुले सर्वोच्च अदालत बार एशोसिएसनको चियापान कार्यक्रममा प्राधनन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पनि बोलाएको भन्दै बहिस्कार गरेका छन् ।
दशैंको अवसरमा सर्वोच्च बारले बुधबार चियापान कार्यक्रम राखेको थियो ।
मन्त्रिपरिषदमा भागवण्डा खोजेको लगायतका विवादमा परेका प्रधानन्यायाधीशको काम कारबाहीमाथि प्रश्न उठाउनुपर्ने बेला प्रमुख अतिथि बोलाएको भन्दै वरिष्ठ कानुन व्यवसायीहरुले सर्वोच्च बारको चियापान नै बहिस्कार गरेका हुन् ।
एक वरिष्ठ अधिवक्ताका अनुसार आफूहरुले संगठित रुपमा नभई स्वविवकेले चियापानमा नगएर सन्देश दिएको बताए ।
वरिष्ठ अधिवक्ताहरुले बहिस्कार गर्ने पूर्व सूचना पाएपछि प्रधानन्यायाधीश जबरा सञ्चो नभएको भन्दै चियापान कार्यक्रममा उपस्थिति जनाएनन् ।
सर्वोच्च बारका सचिव ऋषिराज घिमिरेले भने केही वरिष्ठ अधिवक्ताहरु भने आएको दाबी गरेका छन् ।
प्रतिक्रिया