२०८० असोज ७ गते | 24th of September 2023

तालिबानद्धारा १३ हजारा समुदायका मानिसको हत्या

तालिबानद्धारा १३ हजारा समुदायका मानिसको हत्या
Sanchar_np प्रकाशित: २०७८ असोज २० गते १०:२५

काठमाडौं । अफगानिस्तानमा तालिबानले अल्पसंख्यक हजारा समुदायका १३ जनाको हत्या गरेका छन् ।

तालिबानले सिया जातिय समुदायका अल्पसंख्यक हजारा समुदायका १३ जनाको हत्या गरेको समाचार संस्था अलजिराले जनाएको छ ।

एम्नेस्टी इन्टरनेसनलको रिपोर्ट अनुसार तालिबानले हालै दयाकुंडी प्रान्तको कहोर गाउँ पुगेर १३ जनाको हत्या गरेका हुन् ।

तीमध्ये केही अफगान सेनाका पूर्व सैनिक समेत रहेका थिए । उनीहरुले तालिवानको कब्जा पछि आत्मसमर्पण गरेका थिए । यस्तै, दुई आम सर्वसाधारण अफगानिसमेत मारिएको जनाइएको छ ।

एक सैनिकको जवाफी कारबाहीमा तालिबानका एक लडाकू समेत मारिएको उल्लेख छ ।

एम्नेस्टीका महासचिव एग्नेस क्यालामर्डले यस हत्याले तालिबानले अफगानिस्तानमा आफ्नो अघिल्लो शासनकालमा गरेको कुख्यात अपराधहरु फेरी दोहो¥याएको प्रमाण दिएको बताए ।

हजारा समुदाय बिगतदेखि नै तालिबान र आईएसआईएसको निशानामा पर्दै आएको छ ।

एम्नेस्टीका अनुसार, १९९० को दशकमा आफ्नो पाँच बर्षको शासनकालमा तालिबानले बल्ख र बामियानमा सैयौं हजारा समुदायका मानिसहरुको हत्या गरेका थिए । शिया हजारा समुदाय त्यहाँको जनसंख्याको एक ठूलो हिस्सा हो जसलाई लगातार लक्षित गरीदै आएको जनाइएकोछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *