२०८० मंसिर १८ गते | 4th of December 2023

एमसीसी अनुमोदन गरि तत्काल कार्यान्वयन गर्न सरकारसँग निजी क्षेत्रको माग

Sanchar_np प्रकाशित: २०७८ असोज २० गते १०:३९

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेरन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरि कार्यान्वयनमा लैजान निजी व्यवसायीहरुले सरकारसँग माग गरेका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

नेपाल र एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा सम्झौता भएको थियो । सो सम्झौताअनुसार विद्युत् प्रसारणलाइन निर्माण र सडक मर्मतको काम अझै अघि बढ्न सकेको छैन ।

संघीय संसद्बाट सम्झौता अनुमोदन गर्नुपर्ने पूर्वसर्त पूरा नभएका कारण द्विपक्षीय सम्झौता भएको चार वर्षसम्म कार्यान्वयन हुन नसकेको हो ।

नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत् प्रसारणलाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गरिए उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने निजी क्षेत्रले जनाएको छ ।

एमसीसीअन्तर्गतका आयोजना सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास सुशासनका लागि समेत नमुना बन्न सक्ने निजी क्षेत्रको धारणा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *