चितवन टाइगर्स जारी इपिएल टि ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौं । चितवन टाइगर्स चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
टियु क्रिकेट मैदानमा आज भएको पहिलो क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले हराउँदै चितवन फाइनलमा पुगेको हो ।
पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले ७ ओभर ५ बलमा १ विकेटको क्षतीमा पूरा गर्यो । चितवनको जितमा मोहमद साहजदले सर्वाधिक ४८ रन बनाए । त्यस्तै हसिम अन्सारीले अविजित १४ रन जोडे ।
पोखराका नन्दन यादवले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा अलआउट हुँदै ६६ रन बनाएको थियो । पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए ।
सुनिल धमलाले १८ रन जोड्दा सुशन भारीले १२ रन बनाए । लोकेश बम ५, सहन अर्चाचिगे ३, बिक्रम सोब ३, विवेक यादव २, असेला गुनारत्ने १ रनमा आउट भए । कप्तान विनोद भण्डारी र नन्दन यादव सुन्य रनमा आउट हुँदा किशोर महतो १ रनमा अविजित रहे ।
पोखरालाई सस्तैमा समेट्न चितवनका सागर ढकाल र शाहब आलमले ४÷४ विकेट लिए । सोमपाल कामी र करिम जनतले १÷१ विकेट लिए ।
अब फाइनल प्रवेशका लागि पोखरा राइनोजले काठमाडौ र भैरहवाबीचको बिजेतासंग दोस्रो क्वालिफायर खेल्ने छ । एलिमिनेटर अन्तर्गत बिहिबार काठमाडौ र भैरहवा बीच प्रतिष्पर्धा हुने छ ।
प्रतिक्रिया