मन्त्रिपरिषद विस्तारबारे छलफल गर्दै नेपाली काँग्रेस

Sanchar_np
प्रकाशित: २०७८ असोज २० गते ११:३७
काठमाडौं । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको छ ।
बैठकमा बिहीबार हुने मन्त्रिपरिषद विस्तारबारे छलफल भएको बुझिएको छ ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र कृष्णप्रसाद सिटौला पक्षबाट मन्त्री हुनेहरुको नाम समेत दुई नेताले प्रधानमन्त्री समेत रहेका देउवालाई बुझाएका छन् ।
बैठकमा सभापति देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक।क कोइराला, नेता कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत लगायतका नेताहरु सहभागी छन् ।
प्रधानमन्त्री देउवाले बिहीबार मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन् ।
यसअघि आजै पौडेल पक्षले आफ्नो समुहका तर्फबाट सरकारमा जाने मन्त्रीहरुको नामबारे छलफल गरेको थियो ।
प्रतिक्रिया