२०८० असोज १३ गते | 30th of September 2023

मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा प्रधानमन्त्री

मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा प्रधानमन्त्री
Sanchar_np प्रकाशित: २०७८ असोज २१ गते १०:१८

काठमाडौं । बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् ।

यसअघि सत्तारुढ दलले मन्त्रालयको भागबण्डा गर्दा काँग्रेसलाई सात, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई चार–चार मन्त्रालय पाउने गरी छलफल भएको थियो ।

त्यसमा नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि पुन गठबन्धनको बैठक बसेको हो । गठबन्धनमा कुरा मिले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ ।

उक्त बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी र्धका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *