काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ८ जनाको मृत्यु भएको छ ।
९११ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा १० हजार ६७२ जनामा कोरोना परीक्षण भएको थियो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २८२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ७९० जना पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ७ लाख ७३ हजार जना निको हुँदा ११ हजार २०० जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित १५ हजार ९४२ जना रहेका छन् ।
प्रतिक्रिया