२०८० मंसिर १८ गते | 4th of December 2023

एमसीसी खारेजको माग राख्दै राष्ट्रवादी केन्द्र नेपालले काठमाडौंमा विरोध

एमसीसी खारेजको माग राख्दै राष्ट्रवादी केन्द्र नेपालले काठमाडौंमा विरोध
Sanchar_np प्रकाशित: २०७८ असोज २१ गते १२:३४

काठमाडौं । एमसीसी परियोजना खारेज गर्नुपर्ने भन्दै राष्ट्रवादी केन्द्र नेपालले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

एमसीसी परियोजना मुलुकको हितमा नरहेको भन्दै राष्ट्रवादी केन्द्र नेपालले काठमाडौंको भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेको हो ।

राष्ट्रिय झण्डासहित प्रदर्शनमा आएका सहभागीहरुले एमसीसी सम्झौता राष्ट्रघाती भएको आरोप लगाएका थिए ।

प्रदर्शनमा सहभागीहरुले एमसीसी परियोजना खारेज गर, एमसीसी सम्झौता चाहिंदैन लगायतका नारा लगाएका थिए ।

यसअघि बुधबार परराष्ट्रमन्त्री डा नारायण खड्काले संसदीय समितिमा राष्ट्रिय सहमति र मुलुकको हितमा रहेमात्रै एमसीसीलाई अघि बढाउने बताउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *