२०८० असोज ७ गते | 24th of September 2023

झाडापखाला फैलिएको कपिलवस्तुमा स्वास्थ्य मन्त्रालयले खटायो तीन जनाको टोली

झाडापखाला फैलिएको कपिलवस्तुमा स्वास्थ्य मन्त्रालयले खटायो तीन जनाको टोली
Sanchar_np प्रकाशित: २०७८ असोज २१ गते १२:५३

काठमाडौं । झाडापखाला र पानीजन्य प्रकोपबारे अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको कृष्णनगरमा चिकित्सक टोली पठाएको छ ।

प्रकोपको नियन्त्रण, व्यवस्थापन तथा थप अनुसन्धानका लागि औषधि तथा आवश्यक सामग्री सहित टोली बिहीबार बिहानै प्रभावित क्षेत्रमा परिचालित भएको हो ।

महामारी रोग विशेषज्ञ डा. शशी कँडेल, कौशलचन्द्र सुवेदी र डब्ल्यूएचओका तर्फबाट डा. रवीन गौतम सम्मिलित टोली प्रकोपजन्य स्थलको अध्ययन गर्न पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताएका छन् ।

प्रकोपबाट अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ ।

प्रकोप फैलिएको ठाउँमा थप सजगता अपनाउन र पानी उमालेर मात्रै पिउन माइकिङ गरेर अनुरोध गरेको प्रवक्ता डा. पौडेलले बताए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं प्रादेशिक, जिल्ला तथा स्वास्थ्य कार्यालयको आपसी समन्वयमा औषधि तथा जनशक्ति परिचालन गरी झाडापखला नियन्त्रणका लागि प्रयास भइरहेको डा. पौडेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *