२०८० असोज ७ गते | 24th of September 2023

भारतबाट १० लाख मात्रा कोभिशिल्ड खोप भोलि नेपाल आउदै

भारतबाट १० लाख मात्रा कोभिशिल्ड खोप भोलि नेपाल आउदै
Sanchar_np प्रकाशित: २०७८ असोज २२ गते ११:५०

काठमाडौं । सात महिनाअघि भारतसँग नेपालले खरिद गरेको कोरोनाविरुद्धको कोभिशिल्ड खोप आउने निश्चित भएको छ ।

स्वास्थ्य सेवा विभागका उपेन्द्र ढुङ्गानाका अनुसार गत फागुनमा भारतसँग खरिद गरेको १० लाख मात्रा खोप भोलि नेपाल आइपुग्ने जानकारी दिए । शनिबार २ बजे १० लाख मात्रा खोप आइपुग्ने ढुङ्गानाले बताए ।

सरकारले भारतको सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिदका लागि सम्झौता गरेर रकम पठाएको थियो ।

त्यसमध्ये १० लाख मात्रा खोप आउन लागेको हो । यो खोप पहिलो मात्रा एस्ट्राजेनेका लगाएका नागरिकलाई दिइने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *