२०८० मंसिर १८ गते | 4th of December 2023

लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत

लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत
Sanchar_np प्रकाशित: २०७८ असोज २३ गते १०:३१

काठमाडौं । लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको लगानी बोर्डको ४८ औँ बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो ।

बोर्डको बैठकपछि निर्णय सुनाउँदै लगानी बोर्डका सह प्रवक्ता रमेश अधिकारीले जुम खोलाको ५६ मेगावाट क्षमताको करिव १० अर्बको लगानी स्वीकृत गरेको र अरुण तेस्रो जलविद्युत आयोजनाको ६२ अर्बको पूँजिवृद्धि स्वीकृत गरेको बताउनुभयो ।

उहाँले माथिल्लो कर्णाली जलविद्युतको एप्से इन्सटेक्सनको सम्बन्धमा अध्ययन गर्नको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको बताउनुभयो ।

लगानी स्विकृत भएको जुम खोला जलविद्युत आयोजना दोलखामा पर्छ भने अरुण तेस्रो संखुवासभामा निमाणाधिन छ ।

बैठकमा मन्त्रालय र लगानीबोर्डको समन्वयलाई अझ सशक्त गर्ने गरी लगानी प्रवद्र्धन गर्न र लगानी गरिएको कुरालाई विद्युत क्षेत्रमा लगानी गर्दा खपथको योजनासहित अघि बढाउनु पर्ने विषयमा छलफल भएको सह प्रवक्ता अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *