काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई आफ्नो जिम्मेवारी र कर्तव्यको ख्याल राखेर काम गर्न निर्देशन दिएका छन् ।
पार्टीका तर्फबाट मन्त्री भएकाहरुलाई आइतबार बिहान पार्टी कार्यालयमा बोलाएर अध्यक्ष नेपालले आफ्नो जिम्मेवारी र कर्तव्यको ख्याले गरी काम गर्न निर्देशन दिएका हुन् ।
स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले विषम परिस्थितिमा गठबन्धन सरकार बनेकाले सोही संवेदनशीलतालाई ख्याल गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको जानकारी दिए ।
‘त्यस्तै अध्यक्ष नेपालले मन्त्रीहरुलाई पारदर्शी बन्न, आचारसंहिताको पूर्ण पालना गर्न र देश र जनता सवैभन्दा माथि राखेर काम गर्न पनि भनेका हुन् । ‘
प्रतिक्रिया