काठमाडौं । सुदूरपश्चिममा सबैको चित्त बुझाउन माओवादीले फेरी ४ जना सह–इन्चार्ज थपेर ६ जनालाई पार्टीको सह–इन्चार्ज बनाएको छ ।
यसअघि माओवादीले लक्ष्मी दत्त जोशी र तारामान स्वाँरलाई सह–इन्चार्ज बनाएकोमा फेरि ४ जना सह–इन्चार्ज थपेको हो ।
जसमा प्रचण्डकी बुहारी बिना मगरसमेत रहेकी छन् ।
पछिल्लो समय थपिएकामा बिनासँगै नेपबहादुर चौधरी, त्रिलोचन भट्ट र वीरमान चौधरी रहेका छन् । भट्ट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री समेत हुन् ।
यस्तै अध्यक्षमा शरद्सिंह भण्डारी र सचिवमा देवीलाल चौधरी रहेका छन् । यस्तै इन्चार्जमा खगराज भट्ट यसअघि नै चयन भइसकेका थिए ।
प्रतिक्रिया