धनुषामा साधुले उमारे शरीरमाथि जमरा

जनकपुरधाम । धनुषामा एक जना साधुले देशमा सुख र शान्तिको कामना गर्दै निराहार ब्रत बसी आफ्नै शरीरमा जमरा उमारेका छन् ।
सप्तरी सदरमुकाम राजविराज घर भएका ३५ बर्षीय मनोज कुमारले धनुषाको कमला नगरपालिका–८ र ९ को सीमामा पर्ने माता लिलावती थान नजिकैको आश्रमका साधु खाल्डो खनी सुतेका छन् । र, आफ्नै शरीरमाथि माटो थुपारेर जमरा उमारेका हुन् ।
‘यो देश नेपाल ऋषिमुनीहरुको देश हो । प्रत्येक दशैंमा ऋषिहरुले यस किसिमको तपस्या गर्ने गर्थे । अरुले नगरेपनि म देश र सबै जनताको नाममा यो तपस्या गरिरहेको छु ।’ साधु मनोजले भने ।
उनले लगातार २१ बर्षदेखि दशैंमा यसरी जमरा उमार्दै आएको बताए । भारतको बंगाल र दिल्लीमा पनि यस किसिमको तपस्या गरेको बताए ।
राजा जनकले पनि यस किसिमको तपस्या गर्ने गरेको बताए ।
देशका पूर्वजाले आफ्नो शरीरमा दुःख, कष्ट गरी अरुलाई सुख दिँदै आएपनि अहिले त्यो क्रम हराइसकेको भन्दै साधु मनोजकुमारले तपस्याको अर्थ नै आफूलाई दुःख दिएर अरुलाई सुख दिनु बताए ।
प्रतिक्रिया