मोतीपुर घटनाः घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न राष्ट्रिय जनमोर्चाको माग

काठमाडौं । रुपन्देहीको मोतीपुरमा प्रहरीको गोलीले सुकुम्बासी मारिएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न राष्ट्रिय जनमोर्चाले माग गरेको छ ।
जग्गाको विषयलाई लिएर भएको घटनामा ४ जनाको मृत्यु भएको थियो ।
सरकार वा राज्यका निकायले संयमता अपनाउन नसक्दा र कुशलतापूर्वक समाधान गर्न नसकेर ४ जनाले ज्यान गुमाउनु परेको जनमोर्चाको भनाइछ ।
सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र घाइतेहरुको निःशुल्क उपचारको प्रबन्ध गर्नुपर्ने अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् ।
लुम्बिनी प्रदेश स्तरीय औद्योगिक क्षेत्र बनाउन भनेर त्यहाँ बसोबास गरिरहेका जनतालाई क्षतिपूर्ति दिने भनिएता पनि अहिलेसम्म क्षतिपूर्ति दिइएको छैन ।
उनीहरुलाई क्षतिपूर्ति दिन राष्ट्रिय जनमोर्चाले माग गरेको छ ।
भूमिसम्बन्धी समस्या हल गर्न विभिन्न समयमा विभिन्न प्रकारका आयोग वा कार्यदल बनेको तर तिनले समस्याको समाधान गर्न नसकेको राष्ट्रिय जनमोर्चाले बताएको छ ।
प्रतिक्रिया