२०८० मंसिर १५ गते | 1st of December 2023

नेपालगञ्‍जबाट मुगु जादै गरेको बस दुर्घटना, २३ जनाको मृत्यु, १० जना भन्दा बढी घाइते

नेपालगञ्‍जबाट मुगु जादै गरेको बस दुर्घटना, २३ जनाको मृत्यु, १० जना भन्दा बढी घाइते
Sanchar_np प्रकाशित: २०७८ असोज २६ गते ९:३०

सुर्खेत । मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । १० जना भन्दा बढी घाइते भएका छन् ।

३९ जना यात्रु रहेको बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो ।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।

हुँदा २३ जनाको मृत्यु भएको र १० जना भन्दा धेरै घाइते भएका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार बस टुक्राटुक्रा भएको र २३ जनाको लास भेटिएको छ । घाइतेलाई हेलिकप्टर मगाएर विमानस्थलमा पुर्‍यइएको छ ।

उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रमुख अधिकारी महतले जानकारी दिएका छन् ।

अहिले नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारका लागि घटनास्थलमा पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *