२०८० मंसिर १८ गते | 4th of December 2023

अधिकारकर्मी रुवी खानलाई असोज २८ गते उपस्थित गराउन सर्वोच्चको आदेश

अधिकारकर्मी रुवी खानलाई असोज २८ गते उपस्थित गराउन सर्वोच्चको आदेश
Sanchar_np प्रकाशित: २०७८ असोज २६ गते ११:३३

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेकी नेपालगञ्जकी अधिकारकर्मी रुवी खानलाई असोज २८ उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै अदालत उपस्थित गराउन आदेश दिएको हो ।

मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले दशैंको नवमी अर्थात असोज २८ गते अदालत उपस्थित गराउन आदेश दिएको हो ।

नेपालगञ्जका दुई जना महिलाको शंकास्पद मृत्युको घटना अनुसन्धानको माग गर्दै आएका आफन्त र अधिकारकर्मी न्यायका लागि पैदल हिँडेर अघिल्लो हप्ता काठमाडौं आएर माइतीघरमा धर्ना दिएका थिए ।

माइतीघरमा धर्ना बसेकै ठाउँबाट प्रहरीले गत शुक्रबार अधिकारकर्मी रुवी खानलाई पक्राउ गरेर नेपालगञ्ज लगेको थियो ।

उनलाई रिहा गर्न माग गर्दै अधिकारकर्मी मोहना अन्सारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *