२०८० असोज ७ गते | 24th of September 2023

जर्मनी फिफा विश्वकप फुटबलका लागि छनोट

जर्मनी  फिफा विश्वकप फुटबलका लागि छनोट
Sanchar_np प्रकाशित: २०७८ असोज २६ गते ११:५७

काठमाडौं । जर्मनी फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ ।

आगामी वर्ष कतारले आयोजना हुने विश्वकपमा छनोट हुने जर्मनी पहिलो टिम पनि बनेको छ ।

विश्वकपको युरोपियन छनोट अन्तर्गत सोमबार राति नर्थ म्यासेडोनियालाई ४–० गोलले हराउँदै जर्मनी दुई खेल अगाबै विश्वकपका लागि छनोट भएको हो ।

जर्मनीको जितमा टिमो वेर्नरले दुई गोल गरे । काइ हाभर्ट्ज र जमाल मुसियालाले एक–एक गोल गरे ।

जितसँगै समूह जे बाट जर्मनीले दुई खेल अगाबै विश्वकपमा स्थान बनाउन सफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *