२०८० असोज ७ गते | 24th of September 2023

ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ असोज २७ गते ११:२३

बैतडी । बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

आज बिहान करिब १ बजेतिर महाकाली राजमार्गमा ट्र्याक्टर दुर्घटना भएको हो ।

जिल्लाको डिलासैनीबाट सतबाँझतर्फ गइरहेको अन टेस्ट लेखिएको ट्र्याक्टर दोगडाकेदार गाउँपालिका–३ तारलमा दुर्घटना भएको हो ।

ट्र्याक्टरका चालक डिलासैनी गाउँपालिका–३ का २३ वर्षीय योगेश पालको मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *