साफ च्याम्पियनसिपः नेपालविरुद्ध बंगलादेशको अग्रता

Sanchar_np
प्रकाशित: २०७८ असोज २७ गते ११:४४
काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालबिरुद्ध बंगलादेशले अग्रता लिएको छ ।
माल्दिभ्समा जारी समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले सुरुवाती नवौं मिनेटमा नै गोल खाएको हो ।
खेलको ९औँ मिनेटमा बंगलादेशका सुमन रेजाले गोल गरेका हुन् ।
आजको खेलमा नेपाललाई कम्तीमा बराबरी गर्नुपर्ने दबाव छ ।
अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलसम्म नपुगेको नेपाललाई आजको खेलमा कम्तीमा बराबरी गरेमा पनि फाइनल पुगेर इतिहास रच्ने मौका छ ।
नेपाल ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । अर्कोतिर चार अङ्कसहित चौथो स्थानमा रहेको बंगलादेशलाई पनि फाइल पुग्न जित्नैपर्ने दबाव छ ।
आज खेलमा जितेमा बंगलादेश फाइनल पुग्नेछ ।
प्रतिक्रिया