२०८० मंसिर १९ गते | 5th of December 2023

उदयपुर सिमेण्ट उद्योग त्रैमासिक बिक्री लक्ष्य शतप्रतिशत भन्दा बढी

उदयपुर सिमेण्ट उद्योग त्रैमासिक बिक्री लक्ष्य शतप्रतिशत भन्दा बढी
Sanchar_np प्रकाशित: २०७८ असोज २७ गते १२:०४

गणेश उप्रेती, उदयपुर । सरकारी स्वामित्वको देशकै सबैभन्दा ठुलो उद्योग उदयपुर सिमेण्ट उद्योग चालू आर्थिक बर्षको पछिल्लो तीन महिनामा लक्ष्यभन्दा बढी ब्यापार गरेको छ ।

उदयपुर सिमेन्ट उद्योगले श्रावण, भाद्र र आश्विनको त्रैमासिक बिक्री लक्ष्य शतप्रतिशत भन्दा बढी हाँसिल गर्न सफल भएको जनाएको हो ।

श्रावण, भाद्र र आश्विनको त्रैमासिक बिक्री लक्ष्य ३ लाख १४ हजार ८ सय ६० बोरा रहेकोमा साउनमा १ लाख ७ हजार ९ सय ६२ बोरा, भाद्रमा ९३ हजार ७ सय २० बोरा र असोजमा १ लाख १४ हजार २ सय २९ बोरा बिक्री गरि कुल ३ लाख १५ हजार ९ सय ३१ बोरा बिक्री गरि शतप्रतिशत भन्दा बढी लक्ष्य हाँसिल गर्न सफल भएको उद्योग प्रशासनले जनाएको छ ।

सरकारी स्वामित्व रहेको उदयपुर सिमेण्ट टाटपल्टिएको अवस्थामा पुगेको र सरकारले निजिकरण गर्ने हल्ला चलिरहेको बेला उद्योगले २०७७ माघ १ देखि असार मसान्तसम्म ७९ करोड २२ लाख ७ हजार ७ सय ९ रुपैैयाँको सिमेण्ट विक्री गरेको छ ।

उद्योगको विक्री विभागको तथ्यांक अनुसार १० लाख ६९ हजार १ सय ८३ बोरा सिमेण्ट विक्री भएको छ ।

उद्योगले अघिल्लो आर्थिक बर्षको साउनदेखि पुस मसान्त अर्थात ६ महिनासम्म ९ लाख ९८ हजार ५ सय ८६ वोरा मात्र सिमेण्ट विक्री गरेको थियो ।

उद्योगले अघिल्ला बर्षहरुको विभिन्न १२ शीर्षकमा बाँकी रहेको बक्यौता ६५ करोड ८२ लाख ५५ हजार ९ सय १५ रुपैयाँ ३० पैसा तिरेको छ ।

त्यसमध्ये सबैभन्दा बढी इन्धन तथा कच्चा पदार्थको बाँकी रकम २३ करोड १८ लाख १८ हजार ८ सय ५१ रुपैयाँ र विद्युत महशुल वापतको १८ करोड ५२ लाख ४० हजार ४ सय ३६ रुपैयाँ १४ पैसा भुतmानी गरेको समेत जनाएको छ ।

त्यस्तै उद्योगले चालु आर्थिक बर्षमा २४ लाख वोरा सिमेण्ट विक्री गरी १ अर्व ५० करोड ७ लाख ६ सय रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ ।

त्यसबाट खर्च कटाई खुद १६ करोड १३ लाख ७० हजार रुपैयाँ आम्दानी हुने अनुमान समेत गरेको छ । त्यस्तै ५० करोडको स्थिर सम्पत्तीमा लगानी गर्ने उद्योगले योजना समेत सार्वजानिक गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *