२०८० असोज ७ गते | 24th of September 2023

सवारी दुर्घटनामा घाइतेलाई सरकारले निः शुल्क उपचार गर्ने

सवारी दुर्घटनामा घाइतेलाई सरकारले निः शुल्क उपचार गर्ने
Sanchar_np प्रकाशित: २०७८ असोज २७ गते १२:५४

काठमाडौं । सार्वजनिक सवारी दुर्घटनाबाट घाइते भएकाहरुको निः शुल्क सरकारले उपचार गर्ने भएको छ ।

कास्की, मुगु लगायतका स्थानमा भएको सवारी दुर्घटना पछि गृह मन्त्रालयले सवारी दुर्घटनामा घाइते भएकाहरुको निः शुल्क उपचार गराउने जानकारी गराएको हो ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक सवारी दुर्घटनामा घाइते हुनेहरुको निः शुल्क उपचारको व्‍यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ ।’

यस्तै सवारी दुर्घटनामा ज्‍यान गुमाउनेहरुको अन्त्‍येष्टि तथा किरियाखर्च साथै मृतकका परिवारलाई उचित राहतको व्‍यवस्था गरिने समेत मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *