२०८० असोज ७ गते | 24th of September 2023

दशैँको समयमा व्यापार नहुँदा धनगढीका व्यापारी चिन्तित

दशैँको समयमा व्यापार नहुँदा धनगढीका व्यापारी चिन्तित
Sanchar_np प्रकाशित: २०७८ असोज २७ गते १३:१९

धनगढी । धनगढी बजारमा दशैँको समयमा सोचेजस्तो व्यापार नभएको भन्दै व्यावसायीहरु चिन्तित भएका छन् ।

भारतसंगको खुल्ला सीमानाका कारण आफुहरुको ब्यापार चौपट भएको उनीहरुको गुनासो छ । तर उपभोक्ताहरुको तर्क भने बेग्लै छ ।

चाडवाडको मौका छोपेर व्यवसायीहरुले भाउ बढाएपछि सीमा क्षेत्रका बजारमा किनमेल गर्न जानु परेको स्थानीय उपभोक्ताहरुले बताए ।

हिन्दु नेपालीहरुको महान चाड विजया दशमीको आगमनमा समेत धनगढी बजारमा चहल–पहल नहुँदा सोचेजस्तो व्यापार हुन सकेको छैन ।

ब्यापार नहुँदा व्यवसायीहरु चिन्तित देखिएका हुन् । चाडपर्वका लागि किनमेल गर्न सीमावर्ती भारतीय बजारमा जाने नेपालीहरु बढेसँगै धनगढी बजारमा व्यापार घटेको हो ।

भारतीय वन गाउँमा भने नेपाली ग्राहकहरुको भीडभाड बढेको छ । धनगढीका व्यापारी मदन कृष्ण भट्टका अनुसार विगतमा धनगढी बजारमा चाडपर्वको समयमा निकै चहल–पहल हुने गरेपनि कोरोना महामारीपछि व्यावसाय फस्टाउन सकेको छैन । खुल्ला सीमानाकाका कारण व्यवसाय नै चौपट भएको भट्टको छ ।

उपभोक्त अञ्जु घिमिरेले भने नेपालको बजारमा व्यापारीले आफूखुशी भाउ बढाएपछि दशैँको किनमेल गर्न बजार पसेका धनगढीवासी सीमापारी जाने गरेको बताइन । उनले चाडवाड शुरु भए लगत्तै व्यापारीहरूले आफैँ भाउ बढाउने गरेको बताइन ।

नेपाली बजारमा चाडवाडलाई लक्षित गरेर व्यपारीहरुले आफूखुशी भाउ बढाउन थालेपछि भारतको वन गाउँमा किनमेल गर्न नेपालीहरु सीमापारी जाने गरेका छन् । अहिले त्रिनगर नाकामा किनमेल गरेर नेपाल फर्किनेको लर्को लागेको घिमिरेले बताइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *