रुकुम । रुकुमपश्चिमको कालिकामाइ मन्दिरमा बिधीपूर्वक महानवमी पर्व मनाइएको छ ।
घटस्थापनाको दिन वैद्धिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमराको पूजा आराधना गरिएको छ ।
मन्दिरमा बडादसैंको समयमा स्थानीय समुदायले आआफ्नो समुदायको तर्फकाट विविध झांकी सहितको सास्कृतिक कार्यक्रम समेत प्रदर्शन गरेको थिए ।
यो मन्दिरमा बडादसैंको अवसरमा घटस्थापनादेखि दशमीसम्मै पूजा आरधना गर्ने गरिन्छ ।
परम्परागत रुपमा पुजाआजा हुँदै आएको यो मन्दिरमा धार्मिक तथा सांस्कृतिक महत्व रहेको स्थानीय रवी केसीले बताउनुभयो ।
प्रतिक्रिया