एनेन्सी । ताइवानमा एक भवनमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको छ ।
ताइवानको दक्षिणमा पर्ने काओशुङ शहरको एक आवासीय र व्यावसायिक भवनमा भएको आगलागीमा यति धेरै हताहती भएको बीबीसीले जनाएको छ ।
भवनको आगो निभाउन अग्नि नियन्त्रकहरुलाई चार घण्टा लागेको थियो ।
घटनास्थलबाट ७९ जनालाई अस्पताल लगिएको स्थानीय अग्नी नियन्त्रकलाई उदृत गर्दै बीबीसीले जनाएको छ । घाइतेमध्ये १४ जनाको अवस्था गम्भीर छ । आगलागीको कारण खुल्न सकेको छैन ।
प्रतिक्रिया