ट्यांकर पार्किङले दुर्घटनाको जोखिम बढ्यो

काठमाडौं । निर्माणाधिन मोहना–अत्तरिया सडकको चटकपुर क्षेत्रमा ट्यांकरहरुले जोखिम बढाएका छन् ।
६ लेन सडकको चटकपुर क्षेत्रमा लस्करै पार्किङमा राखिएका ट्यांकरहरुले जोखिम बढाएका हुन् । सडक छेउमै रहेको आयल निगमको कार्यालयका पेट्रोलियम पदार्थको ढुवानीका लागि हाल ८७ ट्यांकर छन् ।
तर पार्किङका लागि स्थल नहुँदा २४ देखि ४८ घण्टा सम्म ती ट्यांकर सडक छेउमा पार्किङमा राखिँदै आएका छन् ।
जसले सवारी दुर्घटना र आगलागीको जोखिम बढाएको आयल निगम सुदूरपश्चिमका प्रमुख रामकुमार न्यौपानेले बताए ।
उनले ८७ वटा ट्यांकरले पेट्रोलियम पदार्थहरु बोक्ने गरेको भएपनि पार्किङ स्थलको अभावमा ट्यांकरहरुले सडकमै रोकिरहेको बताए ।
६ लेन सडकमा भइरहेको अव्यवस्थित पार्किङले दुर्घटनाको जोखिम निकै बढाएको छ भने साउन यता मात्रै १४ दुर्घटनामा १ जनाको मृत्यु र १२ जना घाइते भएका छन् ।
निर्माणाधीन अवस्थाकै ६ लेन सडकमा हालसम्म ११ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया