२०८० मंसिर १८ गते | 4th of December 2023

नौं दिनदेखि अनसनरत रुबी खानलाई शनिबार अस्पताल लगियो

नौं दिनदेखि अनसनरत रुबी खानलाई  शनिबार अस्पताल लगियो
Sanchar_np प्रकाशित: २०७८ असोज ३० गते १२:१८

काठमाडौं । माइतीघर मण्डलामा अनसनरत रुबी खानलाई अस्पताल भर्ना गरिएको छ ।

उनी नौं दिनदेखि आमरण अनसनरत थिइन् । अनसनरत खानलाई शनिबार अपरान्ह त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको हो ।

सार फेर्न गाह्रो हुनुका साथै शरीरमा पानीको मात्र कम भएपछि उनले अस्पताल लगिएको छ ।

बाँकेको नवानी गाउँकी नकुन्नी धोबी र परस्पुर गाउँकी निर्मला कुर्मीको मृत्युको घटनामा प्रहरीले गरेको अनुसन्धान चिक्त बझु्दो नभएको भन्दै बाँकेका ११ महिलासहित १४ जना न्यायको खोजीमा नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं आएका थिए ।

काडमाडौं आए लगतै प्रहरीले रुबीलाई पक्राउ गरेर वहुविवाहको मुद्दामा फसाउन खोजेको थियो । तर सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि छुटेकी उनले आमरण अनसन भने जारी राखेकी छन् ।

अस्पताल जानु अघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रुबीले अहिले पनि आन्दोलनरत आफूहरुको परिवारलाई धम्की आइरहेको बताइन् ।

उनले आन्दोलनकारीको सुरक्षाको ग्यारेन्टी होस् र झुटा मुद्दामा नफसाउन आग्रह गरेकी छन् ।

रुबीले दुबै घटनाको यथाशीघ्र छानबिन गर्न तथा अभियुक्तहरुलाई संरक्षण गरेको आरोप लागेका बाँकेका एसपी र डीएसपीलाई विभागीय कारबाही गर्न माग समेत गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *