२०८० असोज ५ गते | 22nd of September 2023

छोराछोरीका नामबाट विद्यालयमा अक्षयकोष स्थापना

छोराछोरीका नामबाट विद्यालयमा अक्षयकोष स्थापना
Sanchar_np प्रकाशित: २०७८ असोज ३० गते १२:३१

पाल्पा । पाल्पाको रामपुरमा आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गरेका छन् ।

रामतुलसी मावि पाल्पा रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गरेका हुन् ।

उनले छोरा सङ्कल्प र छोरी सलोनीका नाममा विद्यालयलाई रु ५१ हजार ६७० को ‘स्नेहा छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका हुन् ।

शनिबार विद्यालयमा आयोजित शुभकामना आदानप्रदान तथा विद्यार्थी पुनर्मिलन कार्यक्रममा सो चेक नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रधानाध्यापक बालकृष्ण लम्साललाई हस्तान्तरण गरेका हुन् ।

उनले सो रकम कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने सहयोगदाता कँडेल बताए ।

यसभन्दा अघि उनले आफ्ना पिता तारानाथ कँडेल र माता तिलमाया कँडेलका नाममा रु ५१ हजार ४७० रकम बराबरको सम्मान छात्रवृत्ति अक्षयकोष स्थापना गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *