२०८० असोज ५ गते | 22nd of September 2023

अफगानिस्तानमा आत्मघाती बम विस्फोट, ३५ जनाको मृत्यु

अफगानिस्तानमा आत्मघाती बम विस्फोट, ३५ जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ असोज ३० गते १२:४२

एजेन्सी । अफगानिस्तानमा शुक्रबार आत्मघाती बम विस्फोट भएको छ ।

अफगानिस्तानको कन्दहारको शिया समुदायको मस्जिदमा शुक्रबार आत्मघाती बम विस्फोट भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

प्रारम्भिक रिपोर्ट अनुसार यस विस्फोटमा ३५ जनाको मृत्यु भएको छ । यस्तै, ६८ भन्दा बढी घाइते भएका छन् । बिस्फोट नमाजको क्रममा भएको जनाइएको छ ।

अफगानिस्तानमा लगातार दोस्रो शुक्रबार समेत शिया मस्जिदलाई निशाना बनाइएको हो ।

मस्जिदका प्रमुख मोहम्मद जैदीका अनुसार ४ जना हमलावार आएर दुईजनाले प्रवेश द्वारमा आफैंलाई विस्फोट गराएका थिए, अन्य दुई जनाले भने मस्जिद भित्र पसेर नमाज सकिनासाथ करिब ३ हजार मानिसका बिचमा बिस्फोट गराएका थिए ।

संयुक्त राष्ट्र सुरक्षा परिषदले यस विस्फोटको निन्दा गरेको छ, साथै मारिएकाहरुका लागी शोक व्यक्त गर्दै पत्र समेत जारी गरेको छ ।

गत शुक्रबार समेत अफगानिस्तानको कुन्दुज शहरमा एक सिया मस्जिदमा नमाज पढ्दा ठूलो विस्फोट भएको थियो । यसमा १०० जना मारिएका थिए ।

उक्त हमलाको आतंकवादी संगठन इस्लामिक स्टेट (आईएसआईएस) ले जिम्मेवारी लिएको थियो । संगठनले आफुहरुको लक्ष्य शिया मुस्लिम र उनीहरुको धार्मिक संस्थाहरु रहेको बताउदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *