पछिल्लो २४ घण्टामा १३६ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

Sanchar_np
प्रकाशित: २०७८ असोज ३० गते १२:४७
काठमाडौं । पछिल्लो २४ घण्टामा १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
सोही अवधिमा ८४५ जनाले कोरोनालाई जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म नेपालमा ८ लाख ४ हजार ६५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ७ लाख ८० हजार ७७६ जनाले कोरोनालाई जितेका छन् ।
अहिलेसम्म ११ हजार २७८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १२ हजार ५९८ छ ।
सक्रिय संक्रमितको संस्थागत तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । २३१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणदर घटे पनि जोखिम अझै उस्तै रहेकोले स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयले आम सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रतिक्रिया