२०८० मंसिर १९ गते | 5th of December 2023

सिराहामा युवकको शव फेला

सिराहामा युवकको शव फेला
Sanchar_np प्रकाशित: २०७८ असोज ३० गते १३:१२

सिराहा । दशैँको अवसरमा आयोजित झिझिया नाच हेर्न गएका सिराहाका एक युवकको शव फेला परेको छ ।

सिरहा गोलबजार वडा नं.८ का भाइजिटोलका भुनेश्वर महतोको १७ वर्षिय छोरा सत्रुधन महतो शव आज विहान इनारमा डुवेको अवस्थामा फेला परेको हो ।

विहान नरहा गाउँपालिका ३ नयाँ चोहर्वाकोमा रहेको सार्वजनिक इनारमा डुविरहेको अवस्थामा उनको शव भेटिएको थियो । मेलामा दुई युवा समूहबीच विवाद भएको थियो ।

सोही विवादमा उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

जनता नमुना माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत मृतक महतोको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा लगिएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *