कैलाली । सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालय आज पनि बन्द रहेका छन् ।
प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएकाले यहाँका कार्यालय बन्द रहेको हो ।
सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको थियो ।
त्यसमा सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो ।
दसैँका लागि भनेर २०७८ वैशाख १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशभर आज पनि बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले बताए ।
बैठकले सार्वजनिक बिदासम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ ।
प्रतिक्रिया