२०८० मंसिर १८ गते | 4th of December 2023

धानबाली बर्षाका कारण नोक्सान हुँदा कैलालीका किसान चिन्तित

धानबाली बर्षाका कारण नोक्सान हुँदा कैलालीका किसान चिन्तित
Sanchar_np प्रकाशित: २०७८ कार्तिक १ गते १४:१२

दिनेश विष्ट, कैलाली । आइतबारदेखि परेको अविरल बर्षाका कारण कैलाली र कञ्चनपुरमा काटेर भित्र्याउन ठिक्क पारेको धानबालीलाई ठूलो नोक्सानी पु¥याएको छ ।

निरन्तरको बर्षाका कारण किसानहरूले कम भिजेका धानलाई भिज्नबाट बचाउन लागी परेका छन् ।

अहिलेसम्म धान बालीमा कुनै रोग र अन्य कारणले समस्या नभएपनि अहिले भित्र्याउन ठिक्क पारेको धान पुरै पानीले भिजेपछि किसानलाई बर्ष भरी कसरी खाद्यान्नको जोहो गर्ने भन्ने चिन्ताले सताएको छ । कैलालीमा मात्रै ७० हजार हेक्टर क्षेत्रफलमा धानखेती हुदै आएको छ ।

कैलाली जिल्ला धानखेतीका लागि पकेट क्षेत्र भएपनि यसपटकको पानीले किसानले काटेर भित्र्याउन ठिक्क पारेको हजारौँ हेक्टर क्षेत्रफलको धानबालीलाई नोक्सानी पु¥याएको छ । यसबाट किसान सबैभन्दा बढी चिन्तामा परेका छन् ।

आइतबार साँझ आएको हावाहुरी र त्यसपछिको निरन्तर बर्षाका कारण धान बालीमा नोक्सान पुगेको हो । बर्षाले अधिकांश किसानको धानबालीमा अत्याधिक क्षती पुगेको भन्दै किसानहरुले सरकारसंग राहतको माग गरेका छन् ।

धान भिजेकाका कारण कालो हुने र बिउका लागि उपयुक्त नहुने हुँदा व्यापारीले सस्तो मुल्यमा धान खरिद गर्नसक्ने भएकाले सरकारले ध्यान दिनु पर्ने किसानको माग छ ।

भिजेको धान राख्न पनि नमिल्ने र मुल्य पनि नपाईने समस्या आउने भन्दै किसानहरुले सरकारले ध्यान दिनुपर्ने बताका छन् ।

बर्षभरी खानका लागी लगाएको धान पानीले भिजाएपछि किसानहरु अब के खाने भन्ने चिन्तामा छन् ।

नत यो धान कुटेर नै खान लायक हुन्छ, न त मिलले नै उचित मुल्य दिन्छ । अब सस्तो भाउमा धान बेच्नुपर्ने किसानको बाध्यता बनेकोे छ ।

कैलालीमा करिब ७० हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको भएपनि अहिलेसम्म किसानले आधा धान पनि भित्र्याउन पाएका छैनन् ।

बेमौसी वर्षाका कारण भएको नोक्सानीले यो वर्ष ५ देखि १० प्रतिशत धान उत्पादनमा कमी आउने कृषी ज्ञान केन्द्र कैलालीको अनुमान छ ।

अघिल्लो वर्ष २ लाख ८० हजार मेट्रिकटन धान उत्पादन भएको भएपनि यो वर्ष समय–समयमा पानी परेका कारण धान उत्पादन बढ्ने अनुमान गरिएको थियो ।

तर काटिसकेको धानमा परेको पानीले उत्पादनमा कमी आउने अवस्था उत्पन्न भएको छ ।

वर्षा निरन्तर भैरहेकाले कम भिजेका धानलाई भिज्नबाट बचाउन किसानहरुलाई आग्रह गरिएको छ ।

किसानहरूले ७० देखि ८० प्रतिशतसम्म धान काटिसकेकाले त्यो धानलाई बचाएर मात्र अरु धान काट्न समेत कृषी ज्ञान केन्द्रले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *