२०८० मंसिर १८ गते | 4th of December 2023

तोडियो रुबी खानको अनसन

तोडियो रुबी खानको अनसन
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २ गते ११:३५

बाँके । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १२ दिनदेखि माईतीघरमा अनसन बसेकी महिला अधिकारकर्मी रुबी खानले अनसन तोडेकी छन् ।

पीडितको न्यायका लागि भन्दै १२ दिन यता अनसनरत महिला अधिकारकर्मी रुबी खानले सरकारले गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाएसँगै अनसन तोडेकी हुन् ।

सहसचिव रेग्मीको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी उपरिक्षक रामप्रकाश साह, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, गृह मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल, बाँकेका महम्मद शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि सदस्य रहेका छन ।

उनलार्ई मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनसन तोडाइएको हो ।

अनसन तोडेपछि उनले सरकारसँग भएको सहमति सम्पूर्ण महिलाको जित भएको बताइन् ।

न्यायका लागि रुबी खान लगायतको टोलीले आमरण अनसन बसेको १२ दिनमा अनसन तोडेको हो ।

आयोगले अपराधीलाई कानून बमोजिमको सजाय दिलाउने विश्वास दिलाएपछि खानले आमरण अनसन तोडेकी हुन् ।

ृउनले प्रहरीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै कारबाहीको माग समेत गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *