२०८० असोज ५ गते | 22nd of September 2023

धरानमा पहिरोमा परी दुई बालबालिकाको मृत्यु

धरानमा पहिरोमा परी दुई बालबालिकाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २ गते ११:५४

धरान । अविरल वर्षासँगै आएको पहिरोमा परी धरानमा दुई जना बालबालिकाको मृत्यु भएको छ ।

धरान–१३ नागेश्वर मार्गमा पहिरो झर्दा दुई जना बालबालिकाको मृत्यु भएको हो ।

धरान १३ नागेश्वर मार्गका निशान राईको ४ वर्षीय छोरा निहान राई र ७ वर्षीय छोरी निसु राईको पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

आज करिब अढाई बजे तिर घर माथिबाट झरेको पहिरोले टिनको घर पुरै पुर्दा दुई जना बालबालिका बेपत्ता भएका थिए ।

निकै बेरको प्रयासपछि बालबालिका फेला परेको उद्धारमा संलग्न कृष्ण राउतले बताए ।

दुवै बालबालिकालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । तर उता जिल्ला प्रहरी कार्यालय सुनसरीले भने पहिरोले पुरेर दुवैको मृत्यु भएको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *