२०८० असोज ५ गते | 22nd of September 2023

आज काठमाडौंमा हाँडीगाउँको जात्रा मनाइयो

आज काठमाडौंमा हाँडीगाउँको जात्रा मनाइयो
Sanchar_np प्रकाशित: २०७८ कार्तिक ४ गते ११:१६

काठमाडौं । ब्रह्मा, विष्णु र महेश्वरको पूजाआराधना गरी टोलटोलमा रथ घुमाएर आज काठमाडौंमा हाँडीगाउँको जात्रा मनाइएको छ ।

विशेष प्रकारको फूल र रथ परिक्रमा गरिने छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँको जात्रा प्रत्येक वर्षको बडा दसैंको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौंको हाँडीगाउँमा मनाइँदै आएको छ ।

विश्वकर्माले बनाएका यी त्रिदेवको एकैपटक दर्शन र पूजाका साथै जात्राको दर्शन गर्नाले घरमा महालक्ष्मीको बास र मनोकामना पूरा हुने जनविश्वास छ ।

जात्राका दिन दर्शन र पूजाका लागि तीनवटै रथ तीनवटा भिन्न चोकमा राख्ने र घरघरबाट आएर पूजा गर्ने चलन छ ।

अन्य जात्रामा माथि गजुर र तल भगवानको मूर्ति अर्थात आकृति हुन्छ भने हाँडीगाउँको जात्रामा यसको ठीक उल्टो अर्थात तल गजुर र माथि देवताको मूर्ति राखिन्छ ।

परापूर्वकालमा त्यहाँकी राजकुमारीले सत्यनारायणको अपहेलना गरेका कारणले १२ वर्षसम्म सुत्केरी हुन नसकेको र यो जात्रा गरेपछि राजकुमारी सुत्केरी भएको विश्वास रहँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *