बाढी, पहिरो र डुबानमा परेकोे सुदूरपश्चिमतिरमा देउवा पुगे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबानले निम्त्याएको क्षति निरीक्षणका लागि सुदूरपश्चिम प्रस्थान गरेका छन् ।
मन्त्री र पूर्वमन्त्रीहरूका साथ प्रधानमन्त्री देउवा आज सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका क्षति निरीक्षणका लागि त्यसतर्फ लागेका हुन् ।
टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेतात्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन् ।
प्रधानमन्त्री देउवासहितको टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अहिले बिहान हेलिकोप्टरमार्फत सुदूरपश्चिम गएको हो ।
काठमाडौंबाट सुर्खेत हुँदै टोली पूर्वमन्त्री बलायरको गृहजिल्ला डोटी जाने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
डोटीमा बाढीपहिरोबाट हुन गएको क्षतिको निरीक्षणपछि सो टोली बझाङ हुँदै बैतडीको ढुंगाड जानेछ ।
त्यहाँबाट प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिका र जोगबुढा नगरपालिका हुँदै टोली पूर्वमन्त्रीद्वय साउद र लेखकको गृहजिल्ला कञ्चनपुर जाने सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको टोली कञ्चनपुरमा बाढीपहिरो र डुबानले पु¥याएको क्षतिको निरीक्षण गरेर बेलुकी सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा बास बस्ने कार्यतालिका छ ।
प्रतिक्रिया