काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले चीनले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने भन्दै विकास मोडल बाँड्न तयार रहेको बताएका छन् ।
बेइजिङस्थित नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेसँगको बिदाई भेटमा विदेशमन्त्री वाङ्ले चीनले चीनले नेपाललाई विकासको मोडल बाँड्न चाहेको बताएका हुन् ।
वाङले नेपाल र चीनबीचको मित्रतामा पाण्डेको सकारात्मक भूमिका रहेकोमा प्रशंशा गरेका थिए ।
दुई देशबीच लामो समयदेखि एकअर्कासँग नजिक रहने परम्परा रहेको उल्लेख समेत गरेका छन् ।
यस्तै द्विपक्षीय सम्बन्धमा नयाँ प्रगति हासिल गर्न र क्षेत्रीय शान्ति, स्थिरता र समृद्धि कायम गर्न मिलेर काम गर्न आह्वान गरे ।
उनले भने, ‘हामी अरु मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अथवा आफ्नो विकासको मोडल निर्यात गर्न चाहँदैनौँ । बरु, चीन आफ्नो अनुभव नेपाल लगायत अन्य मुलुकसँग बाँड्दै ती मुलुकसँग अन्तरक्रिया बढाउन चाहन्छ ।’
प्रतिक्रिया