२०८० असोज १३ गते | 30th of September 2023

भीम रावलद्वारा १० बुँदे सहमति कार्यदलबाट राजीनामा

भीम रावलद्वारा १० बुँदे सहमति कार्यदलबाट राजीनामा
Sanchar_np प्रकाशित: २०७८ कार्तिक ६ गते ९:४३

काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिनु भएको छ ।

रावलले शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिनु भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेको रावलले बताउनु भयो ।

कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको उपाध्यक्ष रावलले बताउनु भयो ।

उहाँले राजीनामा लिखित रुपमा पार्टी अध्यक्षलाई पठाउने पनि बताउनु भयो । स्थायी कमिटी बैठकमा रावलले १० बुँदे सहमतिका विषयमा फरक मत पनि राख्नु भएको थियो ।

उहाँले स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि असहमति जनाउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *