२०८० मंसिर १८ गते | 4th of December 2023

कर्णाली प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषयमा माओवादीबाट धोका हुँदैनः कांग्रेस

कर्णाली प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषयमा माओवादीबाट धोका हुँदैनः कांग्रेस
Sanchar_np प्रकाशित: २०७८ कार्तिक ९ गते ८:५८

वीरेन्द्रनगर । कर्णाली प्रदेशको मुख्यमन्त्रीका दावेदार नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री परिवर्तनको विषयमा माओवादीबाट धोका नहुने बताएका छन् ।

केन्द्रको सत्ता गठबन्धनमा प्रदेश सरकारको भागबण्डामा कर्णाली कांग्रेसले नपाउने भन्ने चर्चा भइरहेका बेला शाहीले मुख्यमन्त्री परिवर्तनको विषयमा माओवादीबाट धोका नहुने बताएका हुन ।

उनले कात्तिक १५ पछि आफू मुख्यमन्त्री बन्ने जिकिर गरेका छन् ।

गत वैशाख २ गते अहिलेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र तत्कालीन एमाले नेता प्रकाश ज्वालाबीच लिखित सम्झौता भएका कारण आफू नै मुख्यमन्त्री बन्ने विश्वास व्यक्त गरेका छन् ।

मुख्यमन्त्री शाहीको समयावधि सकिन लागेकाले नेता शाहीले अब आफू मुख्यमन्त्री हुने पालो आएको बताए ।

नेता शाहीले मुख्यमन्त्रीसँग भेटघाट भइरहेको र यस विषयमा सकारात्मक परिणाम आउने बताए ।

गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदै गर्दा प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेसको सहयोग लिएका थिए ।

विश्वासको मत लिँदै गर्दा उनले कांग्रेससँग आलोपालो सरकार सञ्चालन गर्नेबारे लिखित सम्झौतासमेत भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *