भक्तपुर। भक्तपुरमा ग्यास लिक भएर आगलागी हुँदा करिब पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मध्यपुरथिमि नगरपालिका–२, जातिगालस्थित दिलीप केसीको घरमा मंगलबार दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी भएको हो ।
आगलागीपछि महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया